मधेस प्रदेशमा नया तरङ्ग : एमाले नेतृत्वमा नयाँ सरकार कि वर्तमान सरकारकै निरन्तरता ?
१ साल अगाडी
jayjanata tv
28
28
Shares
28
28
Shares
सोमबार ३१ वैशाख २०८१
काठमाडाैं / नेकपा(एमाले) मधेस प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताउनुभएको छ ।
मधेस प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट नेकपा(एमाले) बाहिरिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताउनुभएको हो ।
उहाँले आफूहरुले दुई पटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरुकै नेतृत्वमा सरकार बन्न सक्ने बताउनुभयो । उहाँले सरकार गठनका लागि अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने बताउनुभयो । आफूहरुले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उहाँको भनाइ छ ।
उहाँले संघीय गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिने संकेत गरेपछि आफूहरुले प्रदेश सरकारमा जसपा, नेपाललाई समर्थन दिइराख्न उचित नठानेको बताउनुभयो । उहाँले प्रदेश सरकार पनि संघीय गठबन्धन अनुरुपको बनाउने बताउनुभयो ।
WRITE COMMENTS FOR THIS ARTICLE