सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

बिहीबार २४ बैशाख २०८३
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि मनोजकुमार शर्मा लाई सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको परिषद् बैठकले शर्माको नाम अनुमोदन गरेको हो।
गत चैत १८ गते तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेर हदका कारण अवकाश पाएपछि न्यायपालिका कायम मुकायम नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। हाल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ल ले सम्हालिरहेकी छन्।
शर्माको सिफारिससँगै मल्लले प्रधानन्यायाधीश बन्ने अवसर गुमाएकी छन्। वरीयतामा अगाडि रहेका कुमार रेग्मी र हरि फुयाल पनि यस निर्णयपछि प्रभावित बनेका छन्।
यसअघि न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन वर्षभन्दा बढी अनुभव भएका ६ न्यायाधीशको विवरण संवैधानिक परिषद्मा पठाएको थियो। सूचीमा मल्ल, रेग्मी, फुयाल, शर्मासहित नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ को नाम समावेश थियो।
नेपालको संविधानअनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष कार्यअनुभव भएका न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश नियुक्त गर्न सकिने व्यवस्था छ। सिफारिस भएका शर्माको कार्यकाल ६ वर्ष रहनेछ भने उमेर हद ६५ वर्ष कायम रहने संवैधानिक प्रावधान छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x