शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

Spread the love

काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। विशेषगरी काठमाडौंसहित पश्चिम नेपालका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको छ भने पूर्वी तराईमा अपेक्षाकृत कम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पूर्णतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि देशभर बदली रहनेछ। हिमाली भूभागका थोरै स्थान तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। कोसी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा राति पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन प्रवेश गरे पनि वर्षाको वितरण समान हुँदैन। उनका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले पश्चिममा राम्रो वर्षा भइरहेको छ भने पूर्वी तराई अझै सुक्खा छ। यो अवस्था यस साताभर रहने सम्भावना रहेको उनले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x