मङ्गलबार ९ पुस २०८१
काठमाडौँ।/ सङ्घीय संसद्का तीन वटा समितिको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने भएका छन।
जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सबन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुने छ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।
साथै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुने छ। जसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE