काठमाडौ / सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि दफावार छलफल प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
त्यसैगरी, आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् । अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा संशोधनसम्बन्धी छलफल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नागरिक उड्डयन प्राधिकरण विधेयकमाथि छलफल हुनेछ ।
कानून समितिले कानून व्यवसायी परिषद्सँग छलफल गर्नेछ भने महिला तथा सामाजिक मामिला समितिले आफ्ना कामकारबाहीबारे छलफल गर्नेछ । पूर्वाधार विकास समितिमा विद्युत्, नवीकरणीय ऊर्जा र सुनकोसी मरिण डाइभर्सन आयोजनामाथि छलफल हुने कार्यसूची छ ।







WRITE COMMENTS FOR THIS ARTICLE