सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

खाडी तनावबीच नेपालमा तत्काल पेट्रोलियम अभाव नहुने : व्यवसायी घिमिरे

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

मन्ङलबार १९ फागुन २०८२

काठमाडौ / खाडी क्षेत्रको तनाव र पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालमा पेट्रोलियम पदार्थ अभाव हुने आशंका बढिरहेका बेला पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल अभावको अवस्था नआउने बताएका छन्।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै घिमिरेले हालको परिस्थितिले नेपालमा तत्कालै इन्धन संकट निम्त्याउने अवस्था नरहेको स्पष्ट पारे।
उनका अनुसार विगतमा विभिन्न कारणले इन्धन अभाव हुँदै आएको अनुभवका कारण अन्तर्राष्ट्रिय द्वन्द्वको खबरसँगै जनमानसमा त्रास फैलिनु स्वाभाविक भए पनि समग्र आपूर्ति अवस्था हेर्दा तत्काल संकटको संकेत छैन।
घिमिरेले भने, पश्चिम एसियामा जारी द्वन्द्वले उत्पादन र आपूर्ति शृंखलामा केही प्रभाव पार्न सक्ने भए पनि त्यसको प्रत्यक्ष र तत्काल असर नेपालसम्म नपुग्ने देखिन्छ। केही दिनअघि ग्यास अभावको हल्लाले समग्र इन्धन संकटको त्रास बढाएको भए पनि अहिले स्थिति नियन्त्रणमा आएको उनले बताए।
विशेषगरी एलपी ग्यासको आपूर्ति संरचना फरक प्रकृतिको रहेको उल्लेख गर्दै उनले नेपालमा प्रयोग हुने ग्यास बुलेट भारतबाट मात्र सञ्चालन हुने र ढुवानीसमेत भारतीय आयातकर्तामार्फत हुने भएकाले कहिलेकाहीँ समस्या देखिने गरेको बताए। भारततर्फ बढी नाफा र सुरक्षित बजारका कारण ग्यास ढुवानी प्राथमिकता परिवर्तन हुँदा नेपालमा अस्थायी अभाव देखिने गरेको उनको भनाइ छ।
तर हाल बुलेट अभावको समस्या समाधान भइसकेको, जाडो सकिँदै जाँदा खपत पनि घट्दै गएको र आपूर्ति व्यवस्थापन सन्तुलित अवस्थामा रहेकाले ग्यास अभावको त्रास आवश्यक नरहेको उनले स्पष्ट पारे।

यता, द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा हवाइ इन्धनको खपत समेत घटेको र नेपालमा पर्याप्त भण्डारण मौज्दात रहेकोले समग्र इन्धन आपूर्तिमा तत्काल समस्या नआउने घिमिरेको दाबी छ।

यसबीच,व्यवसायीहरूले सर्वसाधारणलाई अनावश्यक त्रासका कारण अत्यधिक भण्डारण नगर्न आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x