शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सिंहदरबार छिर्न पहुँचवालाको सिफारिस नचाहिने  : गृहमन्त्री

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

शुक्रबार ३२ जेठ २०८१

काठमाडौँ / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिंहदरबार छिर्न पहुँचवालाको सिफारिस नचाहिने लामिछानेले बताएका छन ।

मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले भने– सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु पर्दैन् ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो अवस्था अन्त्य भएको छ ।’

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।

सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने मन्त्री लामिछानेले बताए । उनले भने– ‘आफ्नो मान्छे भएकाले मात्र प्रवेश पाउने व्यवस्था अन्त्य गर्न खोजेका हौँ, हर नागरिकका लागि सिंहदरबार खुला छ ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x