शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीका चार स्थानीय तहमा नयाँ नेतृत्व चयन

Spread the love

शुक्रबार १५ जेठ २०८३
गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीले जिल्लाका चार स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। पार्टीको संगठन विस्तार अभियानअन्तर्गत विभिन्न गाउँ कार्यसमितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो।
रास्वपा गुल्मीका सभापति भोजराज पाण्डे का अनुसार धुर्कोट गाउँ कार्यसमितिको सभापतिमा राजेन्द्र पोख्रेल चयन भएका छन्। त्यस्तै, छत्रकोट गाउँ कार्यसमितिको नेतृत्व रामकृष्ण न्यौपाने ले सम्हाल्ने भएका छन्।
यस्तै, चन्द्रकोट गाउँ कार्यसमितिको सभापतिमा कमल खत्री तथा सत्यवति गाउँ कार्यसमितिको सभापतिमा कृष्ण भटराई चयन भएका छन्। सबै कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको पार्टीले जनाएको छ।
रास्वपाले आगामी जेठ १६ गते मालिका गाउँ कार्यसमितिको अधिवेशन गर्ने तयारी गरेको छ। त्यसपछि जेठ १७ गते रेसुङ्गा र मुसिकोट नगर कार्यसमिति, इस्मा, मदाने, कालिगण्डकी तथा रुरुक्षेत्र गाउँ कार्यसमितिको अधिवेशन हुने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, गुल्मीदरबार गाउँ कार्यसमितिको वडा स्तरको अधिवेशन प्रक्रिया पनि जारी रहेको जनाइएको छ। पालिका स्तरका अधिवेशनलाई प्रभावकारी बनाउन जिल्ला कार्यसमिति गुल्मीले ३३ सदस्यीय जिम्मेवारी टोली गठन गरेको छ भने प्रत्येक स्थानीय तहमा संयोजकसहित तीन सदस्यीय निर्वाचन समिति समेत बनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x