शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

भैरवनाथ रिमाल गीति पुरस्कारद्वारा गितकार डा. ओमकृष्ण प्रसाईं सम्मानित

  • 973
  •  
  •  
  •  
  •  
  •  
  •  
    973
    Shares

बुधबार १४ जेठ २०८२

काठमाडौं / करातेका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक साथै गीतकार डा.ओमकृष्ण प्रसाईलाई भैरवनाथ रिमाल गीति पुरस्कार २०८१ द्वारा सम्मान गरेको छ ।

गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आएको भैरवनाथ रिमाल गीति पुरस्कार २०८१ को गितकारमा डा. ओमकृष्ण प्रसाईंलाई ५७ हजार राशीको पुरस्कार दिइएका छन ।

वर्षभरिका गीतहरुबाट उत्कृष्ट दशमा परेको डा. ओमकृष्ण प्रसाईंको गीत म त सिधासादा छु मार्फत ५७ हजार राशीको उक्त पुरस्कार प्रसाईंले जितेका हुन । ५७ हजार राशीको सो पुरस्कारका लागि उत्कृष्ट दशबाट उक्तृष्टमा पर्न सफल प्रसाईंको म त सिधासादा छु र धु्रव खनालको कुन दैवको साईतमा जन्मिएछु उत्कृष्ट ठहर भएका हुन ।
सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय प्रसाईं, राजनीतिसँगै साहित्य सिर्जनामा समेत अब्बल छन् । पछिल्लो समय गीत लेखनमा सक्रिय प्रसाईंका दर्जनौ गीतहरु बजारमा आइसकेका छन् भने पुरस्कृत गीतमा संगीत सुरेश अधिकारीको रहेको छ भने आवाज चर्चित गायक शिव परियारको रहेको छ ।
संघको १६ औं स्थापना दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गरेका हुन । पुरस्कार ग्रहण पछि सामाजिक संजालमा खुशी व्यक्त गर्दै प्रसाईंले गीतसंग सम्बन्धित सबैलाई र जुरी मेम्बर प्रति धन्यवाद तथा सम्मान व्यक्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x