शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

थारु महिला समाजद्वारा शुभकामना अदान-प्रदान कार्यक्रम भब्यरुपले सम्पन्न

  • 173
  •  
  •  
  •  
  •  
  •  
  •  
    173
    Shares

शनिबार ४ असोज २०८२
काठमाडौ / थारु महिला समाज, नेपाल उपत्यका समिति,काठमाडौद्वारा शुभकामना अदान-प्रदान कार्यक्रम भब्यरुपले सम्पन्न गरेको छ ।
सादोबाटो स्थित पलाटियम प्री स्कुलमा आउदै गरेको बिजया दशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न गरेको थियो ।


शुभकामना आदान प्रदान कार्यक्रमको सभापतित्व सुशीला चौधरीले गरेको थिईन, प्रमुख अतिथिमा सुरुङ्गा नगरपालिका मेयर गीता चौधरीले पुर्व मेचीदेखि महाकालीसम्मको सबै थारुहरु एक ढिक्का भएर जादा थारुहरुको माग मात्र पूरा हुन सकिने, र जेन जी पुस्ताले उठाएको कुराहरु अब आउदो फाल्गुन २१ को निर्वाचनमा ब्यालेड पेपरले जवाफ दिने बताउनुभयो । उनी हाम्रो सुरुङ्गा नगरपालिका जेन जी आन्दोलनबाट क्षति हुनबाट जोगाउन सफल भयो, तर काठमाडौ महानगरको सिंह दरबार, सर्बोच्च अदालत तथा राष्ट्रियका भौतिक संरचना रातभरी जलिरहदा त्यहाँका प्रतिनिधि के गरेर बसेको ? प्रश्न तेर्साएकी थिइन ।

त्यस्तै विशिष्ट अतिथि स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानून लाल चौधरीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा थारुहरुको २२/२३ जनाको नाम सनाजिक संजालमा मन्त्री मण्डलमा आईरहेको छ, यो कुरा साचो हो कि होइन् यदि यो कुरा साचो हो भने,प्रधानमन्त्री ज्युले खुलस्त पार्नुपर्छ, र यसका साथै थारु कल्याणकारी सभाले चासो देखाउनु पर्ने बताउनुभयो ।

त्यस्तै बिशिस्ट अतिथिमा थारु महिला समाज नेपालको पुर्व अध्यक्ष गिता चौधरी, अतिथि थाकस काठमाडौं उपत्यका समिति सत्यनारायण चौधरी,सल्लाहकार भागवत प्रसाद चौधरी,प्रभुनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखी,एस एस पी दिलिप चौधरी, दुग्ध विकास संस्थानका ई परमेश्वर चौधरी र मालती चौधरीले
शुभकामना मन्त्यव राख्नु भएको थियो ।

कार्यक्रममा थारु महिला समाज उपत्यका समितिका पुर्व अध्यक्ष श्याम कुमारी चौधरी बिमल सहायक निर्देशक विद्युत प्राधिकरण केन्द्रिय कार्यालयका बिमल चौधरी,थाकस काठमाडौं उपत्यका समिति सचिव उमेश कुमार चौधरी, समाजसेवी युबराज चौधरी र रामस्वागत चौधरी उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत भुमिका चौधरीले गरेकी थिइन् भ्न्ने, संचालित कल्पना चौधरीले गरेको थिइन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x