शनिबार १५ कार्तिक २०८२
काठमाडौ / बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था”को प्रभाव गएरातिदेखि कमजोर बनेको छ। हाल भारतको छत्तिसगढ आसपासमा रहेको न्यूनचापीय क्षेत्र र अरब सागरमा बनेको प्रणालीको आंशिक असर नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि अधिकांश बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ। राति पनि यी प्रदेशहरूमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।







WRITE COMMENTS FOR THIS ARTICLE