तारा चिन्हमा मतदान गर्न रुबी कर्णको अपिल

आइतबार १८ माघ २०८२
सप्तरी / सप्तरी निर्वाचन क्षेत्र नम्बर–८ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रुबी कर्ण ले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी को तारा चुनाव चिन्हमा मतदान गर्न मतदातासमक्ष अपिल गरेकी छन्।
उम्मेदवार कर्णले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सिँचाइ र रोजगारीलाई प्राथमिकतामा राखेर चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी हुन्। उनले स्नातकोत्तर तहसम्मको कलेज सञ्चालन, क्षेत्रीय स्तरको APF अस्पताल तथा ट्रमा सेन्टर स्थापना गर्ने योजना अघि सारेकी छन्।
त्यसैगरी सिँचाइ नहर विस्तार, बलान नदी नियन्त्रण, कृषि क्षेत्रको आधुनिकीकरण तथा यान्त्रिकीकरण, एक नगर एक उद्योग अवधारणा कार्यान्वयन, युवामैत्री र बालमैत्री सहर निर्माण जस्ता कार्यक्रमहरू पनि घोषणामा समेटिएका छन्।
संविधान संरक्षण, सुशासनयुक्त समाज निर्माण, सांस्कृतिक स्थल तथा धार्मिक धरोहर संरक्षणलाई समेत प्राथमिकतामा राख्दै उम्मेदवार कर्णले समृद्ध सप्तरी निर्माणका लागि आफूलाई विजयी गराउन तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेकी छन्।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE