शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

यस्तो रहनेछ आज देशभरको मौसम

शनिबार २१ चैत २०८२
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ।
यसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।
दिउँसोको अवस्था
आज दिउँसो हिमाली भूभागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, सुदूरपश्चिमका तराई तथा अन्य पहाडी र हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
रातिको अवस्था
राति पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका साथै अन्य हिमाली भूभागमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
अन्य पहाडी तथा सुदूरपश्चिमको तराई क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ भने तराईका केही स्थानमा हावाहुरीको सम्भावना कायम रहनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x