आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

आज विश्वासको मत लिँदै मुख्यमन्त्री महरा

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

शुक्रबार ३० चैत २०८०

दाङ / आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत लिँदै छन्।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त भएका थिए।

महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदगरी ४८ जना प्रदेश सभा सदस्यको समर्थन छ। मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। मुख्यमन्त्रीले तीन जना मन्त्री समेत नियुक्त गरिसकेका छन्। तर, उनीहरुको जिम्मेवारी भने तोकिएको छैन। एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बनेका छन्।

विश्वासको मत पाएपछी मात्रै मन्त्रीको जिम्मेवारी तोकिने र थप मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीको छ। केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ मा राजीनामा दिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv