शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

Spread the love

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो।
अस्पताल स्रोतका अनुसार मोहनप्रसाद ओली केही समयदेखि अस्वस्थ रहँदै उपचाररत थिए। स्वास्थ्य अवस्था थप जटिल बनेपछि शुक्रबार बिहान उनको निधन भएको बताइएको छ।
स्वर्गीय ओलीको पार्थिव शरीर भक्तपुरस्थित गुण्डुमा रहेको निवासमा लैजाने तयारी गरिएको छ। आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जनाइएको छ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। परिवारका सदस्य, आफन्त तथा शुभेच्छुकहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x