ताजिकिस्तानसँग नेपाललको फराकिलो हार

बिहीबार १९ भदौ २०८२
काठमाडौं / नेपाली युवा टोलीले एएफसी यु २३ एसियन कप छनोटमा आयोजक ताजिकिस्तानसँग बुधवार भएको खेलमा ४-० ले फराकिलो हार बेहोरेको छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागि मुहम्मदल अजिजबोएभले २, रहमतशो रहमतजोदा र दलेर शारिपोभले समान १ गोल गरे। पहिलो हाफमा नेपाल १-० ले मात्र पछाडि थियो।
ताजिकिस्तानले सुरुबाटै लगातार बनाएपनि गोल गर्न संघर्ष गरेको थियो। ३९औं मिनेटमा ताजकिस्तानले पहिलो गोल गर्यो ।
कामोलोभ अमादोनीले नेपाली टोलीका कप्तान सुमित श्रेष्ठलाई बिट गर्दै सिक्स यार्ड बक्सनजिकबाट दिएको पासमा अजिजबोएभले गोल गरेका थिए।
५८औं मिनेटमा कामोलोभले कप्तान सुमितलाई नै बिट गर्दै दिएको पासलाई अजिजबोएभले सिक्स यार्ड बक्सबाट हेड मार्फत गोल गरे।
अन्तिममा सम्हालिन नेपालले नसक्दा २ मिनेटमा २ गोलको सामना गर्यो । ८९ औं मिनेटमा रहमतजोदाले तेस्रो गोल गरेका थिए। कामोलोभ रुस्तमले दिएको पासमा उनले गोल गरेका हुन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा शारिपोभले गोल गरेपछि ताजिकिस्तानले सानदार जित दर्ता गर्यो ।
समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २-१ हराएको थियो। नेपालले अब सिरियासँग खेल्नेछ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE