शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

ताजिकिस्तानसँग नेपाललको फराकिलो हार

Spread the love

बिहीबार १९ भदौ २०८२

काठमाडौं / नेपाली युवा टोलीले एएफसी यु २३ एसियन कप छनोटमा आयोजक ताजिकिस्तानसँग बुधवार भएको खेलमा ४-० ले फराकिलो हार बेहोरेको छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागि मुहम्मदल अजिजबोएभले २, रहमतशो रहमतजोदा र दलेर शारिपोभले समान १ गोल गरे। पहिलो हाफमा नेपाल १-० ले मात्र पछाडि थियो।

ताजिकिस्तानले सुरुबाटै लगातार बनाएपनि गोल गर्न संघर्ष गरेको थियो। ३९औं मिनेटमा ताजकिस्तानले पहिलो गोल गर्यो ।

कामोलोभ अमादोनीले  नेपाली टोलीका कप्तान सुमित श्रेष्ठलाई बिट गर्दै सिक्स यार्ड बक्सनजिकबाट दिएको पासमा अजिजबोएभले गोल गरेका थिए।

५८औं मिनेटमा कामोलोभले कप्तान सुमितलाई नै बिट गर्दै दिएको पासलाई अजिजबोएभले सिक्स यार्ड बक्सबाट हेड मार्फत गोल गरे।

अन्तिममा सम्हालिन नेपालले नसक्दा २ मिनेटमा २ गोलको‌ सामना गर्यो । ८९ औं मिनेटमा रहमतजोदाले तेस्रो गोल गरेका थिए। कामोलोभ रुस्तमले दिएको पासमा उनले गोल गरेका हुन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा शारिपोभले गोल गरेपछि ताजिकिस्तानले सानदार जित दर्ता गर्यो ।
समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २-१ हराएको थियो। नेपालले अब सिरियासँग खेल्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x