यी तिन दलले ओलीलाई विश्वासको मत नदिने


काठमाडौं / नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी यी तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष निकालेको छ।
नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ।
सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठकले ठूला दुइ दल कांग्रेस र एमालेको सरकार संविधान जगमा टेकेर नबनेको निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६ (२) अनुसार गठन भएकाले यो बिषयलाई सदनमा सशक्त रुपमा उठाउने सहमति भएको उनले बताए। सत्तापक्ष निरंकुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने उनको भनाइ छ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मतका विषयमा प्रतिपक्षी दल साझा धारणा बनाएर अघि बढने बताए। उनले भइरहेको सरकारलाई ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने आधार नभएको जिकिर गरे।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE