शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

निर्वाचन आयोगको सिफारिस: निर्वाचनमा ३ दिन सार्वजनिक विदा प्रस्ताव

Spread the love

बुधबार १३ फागुन २०८२
काठमाडौं /  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक विदा दिन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न मतदानको अघिल्लो दिन, मतदानको दिन र त्यसको भोलिपल्टसमेत गरी तीन दिन विदा दिन प्रस्ताव गरिएको हो।
यसअघि फागुन १८ गते पहाडी जिल्लामा र फागुन १९ गते तराईका जिल्लामा फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक विदा परिसकेको छ। त्यससँगै थप तीन दिन विदा दिइएमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका सिलसिलामा मतदाता नामावली भएको स्थानभन्दा टाढा रहेका नागरिकलाई आफ्नो मतदान केन्द्रसम्म पुग्न सहज हुने आयोगको विश्वास छ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन आवश्यक समन्वय र तयारीलाई तीव्रता दिइरहेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x