सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मधेस प्रदेशको सरकार कांग्रेसले नै नेतृत्व गर्छ: सभापति गगन थापा

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

बुधबार ६ जेठ २०८३

बर्दिबास /नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्।

बुधबार बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

उनले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने दाबी गरे। कार्यक्रममा थापाले पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशनसमेत दिए।

भेलामा प्रदेश र स्थानीय तहमा पार्टीको संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध बलियो बनाउने विषयमा छलफल भएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x