सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित, सबिन श्रेष्ठ पराजित

अन्टिना घनश्याम 
  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

 

सोमबार ४ जेठ २०८३

काठमाडौं / नेपाल चलचित्र कलाकार संघको २१औँ महाधिवेशनबाट कलाकार उत्तम केसी (चुइचुइ पारेर) अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिद्वन्द्वी सबिन श्रेष्ठलाई ८४ मतको फरकले पराजित गरेका हुन्।

कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गरे भने श्रेष्ठको पक्षमा १३२ मत परेको थियो। चलचित्र ‘चुईचुइ पारेर’ बाट चर्चित केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

निर्वाचन परिणाम अनुसार उपाध्यक्ष पदमा शिवहरी बैरागी १४६ मत र पूजना प्रधान १४ मतका साथ विजयी भएका छन्। महासचिवमा सुनील कटवालले १९५ मत ल्याएर जित निकाल्दा सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ निर्वाचित भए।

कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मत र सह-कोषाध्यक्षमा पवन केसी १६१ मत प्राप्त गरी विजयी भए।

कार्यसमितिका १० सदस्यमा दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान इकु, रश्मि भट्ट, चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई छानिएका छन्।

महाधिवेशनले नयाँ नेतृत्वसँगै नेपाली चलचित्र कलाकारहरूको पेशागत हकहित, कल्याणकारी कार्यक्रम र संघको आगामी कार्ययोजनाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x