मङ्लबार, जेष्ठ १२, २०८३
Tuesday, May 26, 2026

श्रम संस्कृति पार्टीको नयाँ निर्देशन : सबै प्रचार सामग्रीमा हर्क साम्पाङको तस्बिर अनिवार्य

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

मङ्गलबार १२ जेठ २०८३
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले संगठनात्मक गतिविधि तथा प्रचार सामग्रीमा पार्टी अध्यक्षको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ।
पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा जारी पत्रमार्फत मातहतका सबै कमिटी तथा संगठनलाई उक्त निर्देशन कार्यान्वयन गर्न भनिएको हो।
निर्देशनअनुसार कोशी प्रदेश अन्तर्गतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोलस्तरसम्म सञ्चालन हुने कार्यक्रमका ब्यानर, पोस्टर, प्रचार सामग्री तथा अन्य दृश्य सामग्रीमा अध्यक्ष साम्पाङको तस्बिर समावेश गर्नुपर्ने उल्लेख गरिएको छ।
पत्रमा पार्टी अध्यक्ष साम्पाङलाई “श्रम पिता” को रूपमा सम्बोधन गरिएको छ। साथै, संगठनात्मक एकता, पार्टीको पहिचान तथा अभियानलाई प्रभावकारी बनाउन अध्यक्षको तस्बिरलाई अनिवार्य तत्त्वका रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ।
यस निर्णयपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। केहीले यसलाई पार्टी अनुशासन र नेतृत्वप्रतिको सम्मानको रूपमा व्याख्या गरेका छन् भने केहीले व्यक्तिपूजालाई प्रोत्साहन गर्ने कदमका रूपमा टिप्पणी गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x