मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

शितलहरबाट बचाउन दाङमा जिल्ला विपद् व्यवस्थापन समितिको सक्रियता 

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

सोमबार २४ मङ्सिर २०८१

दाङ / दाङमा चिसो बढेसँगै आउन सक्ने शीतलहर र त्यसबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले सक्रियता देखाउँदै विभिन्न योजनाहरु र कार्यक्रम लागू गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले शीतलहर आकस्मिक प्रतिकार्य योजना २०८१ स्वीकृत गर्ने, तथा स्वीकृत सो योजनामा रहेका उल्लेखित जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरुले तत्काल आवश्यक तयारी तथा पूर्व तयारी गरी कार्यान्वयन गर्ने लगायतका विपद् व्यवस्थापन सम्बन्धमा थप महत्त्वपूर्ण निर्णय गरेको हो ।

शीतलहरबाट जिल्लाका लमही नगरपालिका, गढवा, राप्ती, राजपुर गाउँपालिका बढी  प्रभावित हुने ठहर गर्दै बैठकले ती स्थानीय तहले विभिन्न संघसंस्था, निजी क्षेत्र, नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी चिसो तथा शीतलहरबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक भूमिका निर्वाह गर्नुपर्ने र शीतलहरबाट प्रभावित हुन सक्ने विपन्न परिवारको विवरण अद्यावधिक गर्ने निर्णय  समेत सो समितिले गरेको छ । साथै जिल्ला विपद् व्यवस्थापन समितिले चिसो र शितलहरका कारण जोखिममा पर्न सक्ने विपन्न परिवार, जेष्ठ नागरिक , बालबालिका , गर्भवती महिला, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा जोखिमयुक्त तथा समुदायको पहिचान गरी प्राथमिकता दिने निर्णय गरेको जनाइएको छ ।

त्यस्तो ठाउँमा गैससहरुले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी प्रभावित क्षेत्रमा न्यानो कपडा , ब्ल्याङ्केट आदि राहतस्वरुप उपलब्ध गराउने, आवश्यक औषधी उपचार उपलब्ध गराउने, आवश्यक दाउरा उपलब्ध गराउने लगायतका निर्णयहरू गरिएको छ । यसैगरी बैठकले जिल्लामा शीतलहरबाट हुन सक्ने जोखिम तथा क्षति न्यूनीकरण गर्न जिल्ला स्थित सबै स्थानीय तहले शीतलहर सम्बन्धी आकस्मिक प्रतिकार्य योजना बनाई लागू गर्ने, समयमा नै आवश्यक कार्य गर्ने र योजना लागू गर्न स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन र सुझाव दिने, जिल्लामा विकास आयोजना परियोजना सञ्चालन गर्ने निकायहरुले विपद् संवेदनशील भई जोखिम कम हुने गरी योजना तर्जुमा गर्न , कार्यान्वयन गर्न र अनुगमन मूल्याङ्कन गर्न आवश्यक सुझाव दिने निर्णय समेत सो बैठकले गरेको छ। न्युज अफ नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv