शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

‘स्मार्ट लाइसेन्स’को पैसा नतिरेपछि छपाइ बन्द

Spread the love

साथै विभागले संविधान अनुसार लाइसेन्स छपाइको काम प्रदेश सरकारको भएकाले नछाप्ने भन्दै जिम्मेवारी प्रदेशतिर सोझ्याएको पनि छ तर छपाइ बन्द हुनुको वास्तविकता भने प्राविधिक नभएर आर्थिक रहेको छ ।

सम्झौता अनुसार मेसिनले रिड गर्ने कार्ड उपलब्ध नगराउँदा र मेसिन बिक्री गरेको भारतको मद्रास सेक्युरिटी प्रेस (एमएसपी) लाई विभागले बाँकी रकम भुक्तानी नदिँदा छाप्ने काम रोकिएको हो । नियमिततर्फको रोकिनु र आकस्मिक भने छपाइ हुनुले पनि यो कुरा पुष्टि गर्छ । नियमिततर्फको छपाइ २४ दिनदेखि बन्द छ ।

दुई वर्षदेखि एमएसपीलाई तीन करोड रुपियाँ भुक्तानी भएको छैन । त्यसैका कारण छपाइ रोकिएको हो । पुरानो कारोबार भएको र कम्पनीको नाममा बेरुजु पनि भएकाले भुक्तानीमा समस्या भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “मेसिनले छाप्न नमिल्ने कुरा त होइन तर केही भुक्तानी बाँकी रहेछ । यो पहिलाकै कारोबार हो । भुक्तानी प्रक्रिया पु¥याएर काम गर्नुपर्ने अवस्था छ ।”

विभागले २०७५ सालमा ग्लोबल टेन्डर गरेर १० लाखप्रति कार्ड र मेसिन खरिद गरेको थियो । उक्त टेन्डर भारतको एमएसपीले पाएको थियो । यसको १० लाख कार्ड छापियो । एक वर्षपछि १९ लाख कार्ड खरिदको टेन्डर भयो । उक्त कार्ड ल्याउने टेन्डर फ्रान्सको सेल्फ कम्पनीले पायो । सेल्फ कम्पनीको कार्ड भारतको एमएसपीको मेसिनले नछाप्ने भन्यो तर सरकारले अनुरोध गरेपछि एमएसपीले उक्त कार्ड छापेको थियो ।

हाल अत्यावश्यक लाइसेन्स छाप्दै आएको विभागसँग १९ लाखमध्ये मेसिनले छाप्न सक्ने कार्ड अब छ हजारप्रति मात्र छ । दैनिक तीन सयप्रति अत्यावश्यक लाइसेन्स छापिरहेको छ । उक्त कार्ड अब एक महिनालाई पनि पुग्दैन । २०७९ सालमा जर्मनीको मुलभर कम्पनीबाट १२ लाखप्रति कार्ड ल्याइयो । छ/छ लाख गरी दुई किस्तामा ल्याइएको थियो ।

जर्मनीको कार्ड पनि एमएसपीको मेसिनले नछाप्ने भनेको थियो । ‘पर्सनलाइजेसन’ मा समस्या देखाएको थियो तर सरकारले विशेष अनुरोध गरेपछि छापेको थियो । १२ लाखमध्ये दुई लाख कार्ड छापिएको छ । मुलभर कम्पनीको कार्ड एमएसपीको मेसिनले छाप्न मिल्ने गरी ल्याउने सम्झौता भए पनि कम्पनीले सम्झौता अनुसारको कार्ड नदिएको विभागले जनाएको छ ।

मेसिनले रिड गर्ने गरी कार्ड नल्याइदिने र भुक्तानी पनि नपाएपछि एमएसपीले प्राविधिक कारण देखाएर छपाइ बन्द गरेको विभागकै एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । जसलाई महानिर्देशकको भनाइ ‘केही भुक्तानी बाँकी रहेछ’ ले पनि पुष्टि गरेको छ । भुक्तानी पाएको भए १२ लाख कार्डमध्येको दुई लाख कार्ड छापेको मेसिनले अरू कार्ड पनि छाप्न सक्ने विभागको दाबी छ ।

स्मार्ट लाइसेन्स सुरु हुनासाथ विभागले १० लाखप्रति कार्ड खरिद गरेको थियो । पटक पटक गरी हालसम्म करिब ५५ लाखप्रति कार्ड खरिद गरेको छ । करिब १० करोेड रुपियाँको मासप्रिन्टर लगानी भएको छ । विभागसँग एउटा मात्र मासप्रिन्टर छ । सुरुमा डेक्सटप प्रिन्टरबाटै काम चलाएको थियो । थप एउटा मासप्रिन्टर खरिदका लागि फाइल अघि बढाइए पनि प्रक्रिया अघि बढेको छैन ।गोरखापत्रबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x