आज भारत र पाकिस्तानबीच महा भिडन्त हुँदै


काठमाडौं / जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।
यस खेललाई यस विश्वकपकै सबैभन्दा ठूलो खेल भनिएको छ। जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेको थियो भने पाकिस्तानले आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेका थिए ।
भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। त्यस्तै टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ। त्यस्तै एक खेल अनिर्णित बनेको थियो।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE