आइतवार, मंसिर २३, २०८१
Sunday, December 8, 2024

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्ने

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

शुक्रबार १४ मङ्सिर २०८१sharethis sharing button

काठमाडौं /  मेडिकल ब्यावसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने  भएका छन् ।जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा उनी गत मंसिर ४ गते पक्राउ परेका थिए। यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो।

त्यतिबेला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि मंसिर ९ आइतबार अदालतले दोस्रो पटक ५ दिनको म्याद थप गरेको थियो। ५ दिनको म्याद सकिएपछि शुक्रबार प्रसाईंलाई पुनः अदालतमा पेश गरिएकोमा ५ दिन म्याद थप भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x