दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस आज

बुधबार ११ चैत २०८२
काठमाडौं । आज विश्वभर दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति प्रतिबद्धता जनाउँदै यो दिवस विश्वका विभिन्न देशमा मनाइने गरिन्छ।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घ को प्रधानकार्यालयमा विशेष स्मृतिसभा आयोजना हुँदैछ, जहाँ दासत्वका पीडितहरूको सम्झना गर्दै उनीहरूको योगदान र पीडालाई सम्मान गरिनेछ।
दास व्यापार र दासत्वलाई मानव इतिहासकै सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घनका रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घ महासभा ले सन् २००६ मा प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावअनुसार सन् २००७ मार्च २५ लाई द्विशतवार्षिकीका रूपमा मनाइएको थियो।
त्यसपछि सन् २००८ देखि हरेक वर्ष मार्च २५ का दिन यो दिवस नियमित रूपमा मनाउन थालिएको हो।
इतिहासअनुसार, सन् १८०७ मा बेलायत ले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दासहरूको खरिद–बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE