बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

एक खेलअघि नै सिरिज जित्ने लक्ष्यमा नेपाल

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

 

काठमाडौ / नेपाल अमेरिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ घरेलु टोलीविरुद्ध मैदान उत्रदै छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा हुने दोस्रो खेल नेपाली समय अनुसार आइतवार बिहान ५ः४५ बजे सुरु हुनेछ । जितको लयलाई निरन्तरता दिदै सिरिज एक खेल अगावै जित्ने लक्ष्यमा नेपाल रहनेछ । अमेरिका खेलमा जित हात पार्दै सिरिजमा १-१ को बराबरी गर्न चाहन्छ ।

पहिलो टि ट्वान्टी खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

तेस्रो तथा अन्तिम टि ट्वान्टी सोमवार बिहान रहेको छ । यो टि ट्वान्टी सिरिज पछि अमेरिका ए सँग नेपालले ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।हाम्रोखेलकुदबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x