घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य,प्रति लीटरको कति ?


काठमाडौं / नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE