शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आज संसद्का दुवै सदनको बैठक बस्दै

Spread the love

बिहीबार २४ माघ २०८१

काठमाडौँ / आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ। सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ।

गत माघ १८ गते देखी सुरु भएको संसद्को हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो। बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ।

यस्तै आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नेछन्। साथै, राज्य व्यवस्था तथा सुशासन समितिकाका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन्।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० पेस गर्ने’ कार्यसूचीमा उल्लेख गरिएको छ। उता, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्नेछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x