दुई चरण निर्वाचनको प्रस्तावबाट पछि हटिन् प्रधानमन्त्री कार्की

शुक्रवार २२ माघ २०८२
काठमाडौं । दलहरूको तीव्र आपत्तिपछि प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन एकै चरणमा, २१ फागुनमै हुने स्पष्ट सन्देश दिएकी छन्। नवलपुरमा दिएको अभिव्यक्तिलाई लिएर दुई चरणमा निर्वाचन हुनसक्ने आशंका बढेपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमा त्यसबाट पछि हटेकी हुन्।
नेकपा एमाले, नेकपा र अन्य दलहरूले दुई चरणको प्रस्तावले निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै कडा विरोध जनाएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई चरणमा निर्वाचन हुँदा धाँधलीको जोखिम बढ्ने चेतावनी दिएका थिए।
दलहरूको दबाबपछि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको अवलोकन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्,
“ढुक्क हुनुहोस्, निर्वाचन एकैदिन, तोकिएकै मितिमा हुन्छ।”
प्रधानमन्त्रीको यस स्पष्टतासँगै निर्वाचन २१ फागुनमा एकै चरणमा हुने निश्चित भएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE