बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

सर्वोच्चले आज पनि टुङ्ग्याएन कांग्रेसको आधिकारिकता विवाद

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा आज पनि टुङ्गिन सकेन। सर्वोच्च अदालतले सो विषयमा दायर रिट निवेदनको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राख्दै शुक्रबारका लागि सारिएको हो।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज सुनुवाइ भइरहेको थियो। तर समय अभावका कारण मुद्दा अन्तिम निष्कर्षमा पुग्न नसकेपछि अर्को पेशी तोकिएको हो।
यो विवाद नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको मागसँग सम्बन्धित छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो।
अब उक्त मुद्दाको थप सुनुवाइ शुक्रबार हुनेछ, जसले कांग्रेसभित्रको शक्ति सन्तुलन र नेतृत्व विवादमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x