चैत २४ गते भृकुटी मण्डपको जन प्रदर्शनमा १ लाख जनता उतार्ने : नेता यादव (भिडियो सहित)

बुधबार २१ चैत २०८०
काठमाडौं / आउदो चैत २४ गते आम जनता पार्टी (आजपा) ले भृकुटी मण्डपमा बिशाल जन प्रदर्शन गर्ने भएका छन ।जन प्रदर्शनना १ लाख जनता सहभागी हुने आम जनता पार्टीका उपाध्यक्ष बिल्टु यादवले जानकारी गराए ।
यादव लगभग ३ दशक नेपाल कम्युनिस्ट पार्टी एमालेमा राजनितिक जीवन बिताएका पछिल्ला राजनितीक घटनाक्रम बाट दिक्क छन् । ठुला भनाउदा दलबाट देशले निकास नपाउने देखेपछी बिल्टुले बिगत एक बर्ष अगाडी मात्रै साम्सद प्रभु साह लगायतका अन्य नेताहरुसङ्ग लामो छलफल गरेर आम जनता पार्टी निर्माणमा लागे।अहिले तिनै प्रभु साह नेतृत्व रहेको आम जनता पार्टीको उपाध्यक्ष रहेको यादब भ्रष्टाचार र बेथितिलाई जरैबाट उखेल्नुपर्छ भन्दै लागिपरेका छन् । भन्सारमा हुने ४५% कमिसनको बिरुद्ध लामो समय लागेका उनले आउदो चैत २४ गते भृकुटीमण्डपमा हुने बिशाल जनप्रदसनको लागि तमाम बुद्धिजीवी ,मजदुर,शिक्षक , वकिल,बिध्यार्थी लगायत शोषित पिडित, उत्पीडित बर्गलाई उक्त जनपर्दशनमा सहभागिता हुन आह्वान समेत गरेका छन् ।यादव भन्छन् ” हामीले उठाएका भ्रस्टाचार बिरुद्द अभियानको सुनुवाइ नभए ता पनि जनतालाई सुसुचित बनाउनु नै हाम्रो उपलब्धि हुन् ।”
बिशाल जन प्रदर्शनमा विभिन्न उत्पीडितम परेका हरेक बर्ग र समुदायबाट सहभागी हुने बिश्वास व्यक्त गरेका छन ।
https://youtu.be/opu71kfFthc?si=DfZHo2JfGGX-2PiU
https://youtu.be/opu71kfFthc?si=aH2YZSylgtgOEM-C
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE