शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

मजदुर नेता स्वर्गिय खड्कीको ४५ औ पुन्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Spread the love

 

सोमबार १४ असोज २०८१
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी संयुक्तका केन्द्रिय सदस्य तथा नेपाल ट्रेड युनियन फेडेरेसनका अध्यक्ष स्वर्गीय गङ्गाराम खड्कीको ४५ औ पुन्य तिथिमा  पार्टीले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी कार्यालय सेतोपुल मैतिदेबिको इन्दु भवनमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका अध्यक्ष चन्द्रदेब जोशिले बोल्दै गङ्गाराम खड्की अति नै मिलनसार अनि पार्टीको काममा अहोरात्री खटिरहने नेता रहेको भन्दै नेता खड्कीको पार्टी प्रतिको योगदान बिर्सन नसकिने बताए। अध्यक्ष जोशीले आफुलाई अझै पनि नेता गङ्गारामको निधन भएको पत्यार नलागेको भन्दै उनको भौतिक शरीर नरहेपनी उनका योगदान ,भिजन,आदर्श   जिबितै रहेको  बताए।
त्यस्तै सो पार्टीका महासचिव केदारचन्द्र शर्माले स्वर्गीय गङ्गाराम खड्की मजदुरहरुको एक मात्र नेता रहेको सम्झदै उनिप्रती श्रद्धाञ्जली अर्पण गरे ।पार्टीको हरेक कार्यक्रममा ससक्त रुपमा खटिने  एक बफादार नेता रहेको बताए। महासचिव शर्माले हालै देशमा भएको प्राकृतिक बिपत्तिमा सरकार लाचार बनेको भन्दै बिपत्तिमा मृत्यु भएकाप्रती समेत श्रद्धाञ्जली ब्यक्त गरे।
श्रद्धाञ्जली कार्यक्रममा बोल्ने अधिकाङ्स नेताहरुले स्वर्गीय गङ्गाराम खड्की एक पार्टीको बफादार सिपाही रहेको बताउदै स्वर्गीय खड्कीको चर्चा गरे।
सो पार्टीका अध्यक्ष चन्द्रदेब जोशी, महासचिव केदारचन्द्र शर्मा,वरिष्ठ अधिबक्ता तथा पार्टी सल्लाहकार कृष्ण भण्डारी , नेपाल महिला फेडेरेसनका सह- संयोजक आशा महर्जन ,नेपाल राष्ट्रिय युवा युनियन फेडेरेसनका अध्यक्ष नवीन खड्का ,नेपाल राष्ट्रिय दलित केन्द्रका महासचिव तथा नेकपा  संयुक्तका केन्द्रिय सदस्य राज कुमार पासवान ,नेकपा संयुक्तका काठमाडौं जिल्ला अध्यक्ष उपेन्द्र छतुन्जेल,पुर्ब नेपाल ट्रेड युनियनका महासचिव बिजय बिस्फोट ,WFTU समन्वय कमिटीका सचिब किशोर नेपाली लगायत अन्य नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम पार्टीका सचिब तथा कोषाध्यक्ष मधु बिसिको सभापतित्वमा सम्पन्न भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x