शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुन्दर परिकल्पना सक्षम समाजाद्धारा कार्यालय उद्घाटन सम्पन्न

  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

शुक्रबार ९ कार्तिक २०८१

काठमाडौं / सबैका लागी सधैंका लागी उधमशिल समाजको परिकल्पना” मुल नाराका साथ आज सुन्दर परिकल्पना सक्षम समाज नामक सामाजिक सस्थाको कार्यालय उद्घाटन सम्पन्न भएको छ। राजधानीको अनामनगरमा उद्घाटन  भएको कार्यक्रममा प्रमुख अतिथी शिक्षाबिद टेक बहादुर थापा रहनुभएको थियो भने बिशिस्ट अतिथिहरुमा अधिबक्ता बिष्णु गिरि निश्चल, सस्थाका सल्लाहकार सदस्य भैरब बहादुर शाही,यसै सस्थाका कानुनी सल्लाहकार पुर्ण बहादुर केसी लगायत अन्य जेष्ठ नागरिक सिद्धी बहादुर तामाङ
शान्ता कुमारी लगायत बिशिस्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सस्थाकी महासचिव  नानी मैया श्रेष्ठले राख्नुभएको थियो भने सस्थाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर बिष्टले सस्थाको परिचय,उदेश्य ,लक्ष्य लगायतका बारेमा प्रकाश पार्नुभएको थियो।कार्यक्रममा बोल्नुहुदै बिशिस्ट अतिथी अधिबक्ता बिष्णु गिरि निश्चलले महिला नेतृत्व रहेको सस्थाले पक्कै आफ्नो उद्देश्य प्राप्त गर्ने भन्दै आबस्यकता परेको बखत साथ सहयोग गरिने स्पष्ट  पार्नुभयो।त्यस्तै अर्का बक्ता यसै सस्थाका सल्लाहकार भैरब बहादुर शाहिले सस्थाले जुनसुकै ब्यक्ती,सस्थाबाट आर्थिक सहयोग लिन नहुने बताउदै सस्था स्थापनाको लागि धेरै दु:ख र पहल गरिएको स्मरण गराउनुभयो।उहाले सस्थाको आफ्नो उदेश्य, लक्ष्य प्राप्तिको लागि अब अगाडी बढ्नुपर्ने बताउनुभयो।प्रमुख अतिथी शिक्षाबिद टेक बहादुर थापाले सस्थाको उद्देश्य लक्ष्य समाजिक हितमा रहेको भन्दै सस्थाको उज्ज्वल भबिस्यको कामना गर्नुभयो। कार्यक्रममा बोल्दै सस्थाकी सभापति मनु बाँठा मगरले समाजिक न्याय, उत्पादनमुखी स्वरोजगार सहितको समाजसेवा र आर्थिक विकास सहितको समाजिक रुपान्तरणका लागि समन्वय, सहकार्य सामुदायिक साझेदारीको रुपमा अगाडि बढ्ने बताउनुभयो।कार्यक्रम सस्थाकि
सभापति मनु बाँठा मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन शुभद्रा भुर्तेल खनालले गरेकी थिइन ।

यस्ता छन् सस्थाका पदाधिकारीहरु

अध्यक्ष :मनु बाँठा मगर
उपाध्यक्ष :रेणु कुमारी न्युपाने
महासचिव: नानी मैया श्रेष्ठ
कोषाध्यक्ष: इश्वरी नेपाली
सदस्यहरु:-
चन्द्रकला थापा मगर
सबिता बानिया
कृषा चौलागाईं
शुभद्रा भुर्तेल खनाल
कोपिला तामाङ
कार्यकारी निर्देशक :राजेन्द्र बहादुर बिष्ट
विशेष सल्लाहकार :भैरव बहादुर शाही
कानुनी सल्लाहकार :पुर्ण बहादुर केसि

.सस्थाको उद्देश्यहरु:-

(क) यो संस्था मुनाफारहित र जनहितकारी सामाजिक संस्था हुनेछ।

(ख) सामाजिक न्यायको सिद्धान्तमा आधारित समुदायको आर्थिक, सांस्कृतिक तथा सामाजिक विकासलाई दीगो र आत्मनिर्भर बनाउने कार्यक्रमहरु गर्ने गराउने ।

(ग) नेपाल सरकार, प्रदेश सरकार स्थानिय सरकार एवम सरकारका सम्बन्धित निकाय लगायत राष्ट्रिय संघ-संस्था, समाज, व्यक्तिहरुसंग सम्वाद समन्वय एवम् सहकार्य गरी सम्पूर्ण समुदायका उत्पिडितबर्गको हकहितकालागि आवाज उठाउने ।

(घ) आवाज बिहिनका आवाजहरुलाई सरकार समक्ष पुर्याउँदै समुदायका जल्दाबल्दा समस्याहरुको पहिचान गरी तिनीहरुको निराकरणका लागि उपाय खोज्ने ।

(ङ) सम्पूर्ण समुदायका हरेक उमेर समुहका व्यक्तिहरुलाई सामुहिक रुपमा उनीहरुको मनोबल, बौद्धिक ज्ञान निर्माण गर्न मद्दत पुर्याउने र उनीहरुको सुनौलो भविष्य सुनिश्चित गर्न मद्दतगर्दै उनिहरुलाई शारीरिक मानसिक तथा आत्मवलका आधारमा आफू‌माथि हुने विभिन्न प्रकारका हिंसा, अपराधिक क्रियाकलाप र शोषणबाट मुक्त हुन सशक्त बनाउने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गराउने ।

(च) दलित, जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत, पिछिडिएका वर्ग र उत्पिडित समुदायहरुलाई लक्षित गर्दै देशको विकासमा समेत अग्रसर गराउन र रोजगारी सिर्जना गर्ने/गराउन विशेष भूमिका खेल्ने ।

(छ) नेपालीहरुको गुणस्तरिय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन प्रयास गर्ने लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना अभियान सम्वन्धित निकायको अनुमति लिई सञ्चालन गर्ने ।

(ज) छरिएर रहेको श्रम, सिप, प्रविधि र पूँजी एकिकृत गरी उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिबाट राष्ट्रिय अर्थतन्त्रमा योगदानको प्रयास गर्ने ।

(झ) विश्वसम्पदा सूचिमा सूचिकृत नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको विकास प्रवर्द्धन र संरक्षणका लागि सम्बन्धित निकायको अनुमति लिइंप्रचार प्रसार गर्ने ।

(ञ) सबै पक्षको साझेदारी र सहकार्यमा बर्तमान सामाजिक सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक तथा पारिवारिक सम्बन्धित क्रियाकलाप अन्तर्गत विशेष गरी महिला पुरुष विचको बाह्य र आन्तरिक द्वन्द्व सहित सबै समुदायका जेष्ठ नागरिक, बाल बालिका माथिको दुर्व्यवहार, हिंसा, मानव बेच बिखन, बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यसन, छाउपडी, दाईजो प्रथाजस्ता समस्या न्यूनिकरण गर्न पहल गर्ने र त्यस सम्बन्धी सवैप्रकारका मुद्दामा सरल सुलभ र छिटो न्यायिक निरुपणमा सहयोगीको भूमिका खेल्दै सम्वन्धित निकायको अनुमति लिई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

(ट) जलवायु परिवर्तन न्यूनिकरण सम्बन्धी बिभिन्न किसिमका सचेतना मूलक कार्यहरु गर्ने ।

(ठ) यो संस्थाको आफ्नो छुट्टै वेभसाइट हुने छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x