आजपाद्वारा तेस्रो जनअन्दोलनको तैयारी,आन्दोलनलाई सफल बनाउन तोक्यो कमाण्डर


बुधबार ६ चैत २०८१
काठमाडौं / आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक आज सम्पन्न भएको छ ।
केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउन विभिन्न कमाण्डर तोक्नुका साथै समसामयिक बिषयमा समेत महत्वपूर्ण निर्णय गरेका छन ।
बैठकमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले निम्नानुसारको महत्वपूर्ण निर्णयहरु समेत गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन ।
प्रेस विज्ञप्ति:
१. देशको वर्तमाान राजनीतिक अवस्था अन्यौग्रस्त, अस्तव्यस्त एंव संकटउन्मुख रहेकोले आम जनतामा राजनीतिप्रति विकर्षण, दल र नेताप्रति घृणा, राजनीतिक शक्तिहरूबीच टकराव, जनआक्रोश मार्फतको तिब्र धुर्वीकरण सहित अग्रगामी विचार, नेतृत्व एंव निकासको खोजीमा देश रहेको निचोड बैठकले निकालेको छ ।
२. वर्तमान संवैधानिक व्यवस्थाले पार्टीका नेता तथा तिनका आसेपासे मोटाएको, दलाल एवं भगौडा वर्ग लाभाव्न्वित भएको, जनता बेहाल एवं देश उजाड भैरहेको, आम नागरिकले लोकतन्त्रको व्यवहारिक प्रत्याभूति गर्न नपाएको तथा न्याय, समानता, सुशासन र विकासको बाधक समेत रहेकाले लुट एवं विभेदकारी चरित्रको यो असफल व्यवस्थाको विकल्पमा अब आम जनताको शासन व्यवस्थाको पथमा अगाडी बढनुपर्ने निष्कर्ष निकालेको छ ।
३. वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफै जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु गतिहीन भएकोले गर्दा हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहर सहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताको आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेको छ ।
४. बैठकले दलाल दलतन्त्रको भण्डाफोर गर्ने, नेताहरुको अत्याचारको प्रतिवाद गर्ने, धोखेवाज जनप्रतिनिधिहरुसंग भोट फिर्ता माग्ने, भ्रष्टाचारी र अपराधीहरुलाई जनकारवाही गर्ने, अनावश्यक कर बहिष्कार गर्ने, जनअधिकारको रक्षा एवं आमजनजीविकाकोे लागि निरन्तर संघर्ष गर्ने, असफल व्यवस्थाको खारेजीका लागि घोषित तेस्रो जनआन्दोलनलाई निर्णायक एवं सफल बनाउने संकल्प गरेको छ ।
५. घोसित तेस्रो जनआन्दोलनलाई प्रभावकारी बनाउन संविधान सभाका सदस्य तिलक थापा मगरको कमाण्डमा निम्नानुसारको सात सदस्यीय जनआन्दोलन परिचालन समिति चयन गरिएको छ ।
१. तिलक थापा मगर – संयोजक
२. उपेन्द्र साह – सदस्य
३. ज्ञानेन्द्र तामाङ – सदस्य
४. धनकुमारी मगर – सदस्य
५. उमेश कु््शवाहा – सदस्य
६. देवी पण्डित – सदस्य
७. रमेश थपलिया – सदस्य
जसमा अन्य समितिका संयोजकहरु तथा महत्वपुर्ण जबसका नेतृत्व पदेन सदस्य रहने निर्णय गरिएको छ ।
६. पार्टी महासचिव त्रिभुवन साहको कमाण्डमा व्यवस्थापन समिति, उपमहासचिव चन्द्रभुषण साहको कमाण्डमा प्रचारप्रसार समिति, स्थायी कमिटी सदस्यद्धय रञ्जु साहको कमाण्डमा आर्थिक समिति र आर्या पाण्डेको कमाण्डमा स्वयमसेवक समिति गठन गरिएको छ ।
७. पार्टी सदस्यता वितरण, पार्टी कमिटी तथा जबस कमिटीहरुको गठन, पुनर्गठन, बैठक एवं भेलाहरुलाई युद्धस्तरमा अगाडी बढाउने निर्णय गरेको छ ।
बैठकमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले निम्नानुसारको महत्वपूर्ण निर्णयहरु समेत गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन ।
आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा देखिएको वर्तमान संकटको जड नै अहिलेको दलाल दलतन्त्र भएको बताए । उनले दलिय गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन तेश्रो जनआन्दोलन आवश्यक भएको बताए ।
आजपाले २०८० साल चैत २४ तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । दलीय दलाल दलतन्त्रले दल, नेता तथा नेताका आसेपासे मोटाएको र जनतामा निराशा छाएको निष्कर्ष निकाल्दै आजपा अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यक्ता रहेकाले जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका थिए ।
‘अहिले लुटकारी दलाल दलतन्त्रको हालीमुहाली छ । दलका सिमित नेता र तिनका आसेपासे मोटाएका छन् । लुट–भ्रष्टाचार, कुशासन, अनियमितता, मनोमानी बढदै गईरहेको वर्तमान अवस्थामा जनताको शासनका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’, आजपा अध्यक्ष साहले भने, ‘अब जनताको गणतन्त्रका लागि हामी सडकमा आउनैपर्छ । भ्रष्ट दलिय व्यवस्थाको खारेज गर्नैपर्छ ।’
आजपाले आउदो २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा र प्रदर्शन गर्न लागेको छ । त्यसैको तयारीमा बसेको पदाधिकारी बैठकले आन्दोलनलाई सफल बनाउने बारेमा रणनीति तय गरेको छ ।
आजपाले विगतदेखी नै भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगार ठगी लगायतका विषयमा निरन्तर संघर्ष गर्दै आएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE