आइतवार, चैत्र ३०, २०८१
Sunday, April 13, 2025

लिग-२ मा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

सोमबार १९ कार्तिक २०८१

काठमाडौं / आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै छ।

यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ।

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक हार हासिल गरेको छ।

स्कटल्याण्डले अमेरिकासँगका दुवै खेल जितेको छ भने नेपालसँगको खेल हारेको थियो। लिग-२ मा अहिलेसम्म स्कटल्याण्ड १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंक हासिल गर्दै शिर्ष स्थानमा छ ।

त्यस्तै नेपाल ११ खेलमा ५ अंकसहित सातौं स्थानमा छ। यो त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल पनि हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv