सुनको मूल्यमा भारी मात्रामा वृद्धि, तोलाको ५ हजार ७ सय रुपैयाँ बढयो


बिहीबार २८ चैत २०८१
काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । बुधबार तोलामा २ हजारले बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोवार भएकोमा आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । बुधबार १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE