आइतवार, असार १, २०८२
Sunday, June 15, 2025

पत्रकारिताबाट पवित्रताको यात्रातर्फ : मुकुन्द शर्माको अध्यात्मिक नेतृत्व

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares
शुक्रबार २ जेठ २०८२
पनौती, काभ्रे – आवाजको दुनियाँमा परिचित मुकुन्द शर्मा हुमागाई अहिले राष्ट्रव्यापी धार्मिक जागरणको अभियानमा अगुवा बनेका छन् । लामो समय पत्रकारितामा सक्रिय रहँदै आएका शर्माले हाल लड्केश्वर धामलाई विश्वकै एकमात्र कालाग्निरुद्र पीठको रूपमा उभ्याउने संकल्पसहित आध्यात्मिक नेतृत्व ग्रहण गरेका छन् ।

२०७० सालपछि हराउँदै गएको लड्केश्वर महादेव क्षेत्रको पुनर्जीवनको कल्पना उनैले गरे । ७७ जिल्लामा रथयात्रा, राष्ट्रव्यापी आह्वान र २०८० सालमा सम्पन्न राष्ट्रिय कोटिहोम जस्ता कार्यक्रमहरू शर्माकै अगुवाइमा सम्पन्न भए ।

कोटिहोमपछि प्रा.डा. माधव भट्टराईको नेतृत्वमा गठित धर्मसभा नेपालद्वारा उनलाई कालाग्निरुद्र पीठको पीठाधीश पद दिइयो । उनको यो यात्रा अब व्यक्तिगतभन्दा पनि सार्वजनिक धर्म–जागरणको अभियान बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x