शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

ओलीसँग चुनाव लडेको खण्डमा बालेनको लज्जास्पद हार हुन्छ: महेश बस्नेत

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

मङ्गलबार २९ पुस २०८२
काठमाडौं / नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेको खण्डमा काठमाडौं महानगरपालिका प्रमुख रहेका बालेन्द्र शाहको लज्जास्पद हार हुने बताएका छन् ।
उनले बालेनलाई असफल मेयर र फेसबुके प्रधानमन्त्रीको संज्ञा दिएका छन् । बालेनले ओलीसँग चुनाव लड्छु भन्नुले ‘स्याललाई काल आयो भने बजार छिर्छ’ भन्ने नेपाली उखानलाई पुष्टि गर्ने उनले बताएका छन् ।

ओलीसँग चुनाव लडेको खण्डमा गायनबाट राजनीतिमा प्रवेश गरेका बालेन फेरि पुरानै पेशामा फर्किने पनि उनले टिप्पणी गरेका छन् ।

काठमाडौंमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसक्ने ‘फेसबुकीया प्रधानमन्त्री’ भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ। यदि यो कुरा सत्य हो भने निर्वाचनमा लज्जास्पद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट विदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने छ,’– एमाले सचिव बस्नेतले भनेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x