सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

नेपालको ओमान विरुद्ध सानदार जित

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares
sharethis sharing button
सोमबार १ बैशाख  २०८२

काठमाडौं / आईसिसी अन्डर १९ विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ओमानले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३५ ओभरको खेल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो।

आजको खेलमा निरज यादवले ४६ रनको योगदान दिएका थिए। ओमानविरुद्धको खेलमा ओमानले नेपाललाई १ सइ १८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई नेपालले १ सय १७ रनमै अलआउट गरेको थियो। माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युवराज खत्रीको घातक बलिङमा ओमानले निर्धारित ५० ओभरको खेलको ३८ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो।

ओमानका लागि सिद्धार्थ सौवण्य शंकरले १६, रिषभ गुप्ताले ९, जित व्रजेश शाहले ५२, सौम्य भविन सम्पतले ८ रन बनाएका थिए। नेपालका युवराज खत्री एक्लैले ५ विकेट लिए।

युवराजले २ मेडन ओभरसहित ३१ वटा डट बल फ्याँकेका थिए। उनले १५ रन मात्र दिएर ५ विकेट लिएका थिए। उनी बाहेक सन्तोष यादवले २ दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १/१ विकेट लिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv