सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

बुधबार ९ जेठ २०८१

काठमाडौं / उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो।

अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेलाई सहकारीको प्रकरणमा कुनै उजुरी नपरेको भन्ने आशयको पत्रको वैधतामाथि प्रश्न उठाई रिट पेश गरेका थिए। उनले पेश गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि भट्टराईले अर्को रिट लिएका थिए। सोहि रिटमाथि सुनुवाई गर्दै बुधबार सर्वोच्चले दरपीठ आदेश खारेज गरेको हो ।

सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x