शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु

Spread the love

बिहीबार १२ चैत २०८२
काठमाडौ / सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि काठमाडौंमा सुरु भएको छ। हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनदेखि सुरु हुने यो रथयात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो।
रथयात्रा दरबारमार्गस्थित तीनधारा पाठशाला बाट प्रारम्भ भई विभिन्न स्थान हुँदै अन्ततः लगनमा पुगेर सम्पन्न हुने गर्दछ।
परम्पराअनुसार चैत शुक्ल प्रतिपदादेखि नै तीनधारा पाठशालामा करिब ३२ हात अग्लो नौतले रथ निर्माण सुरु गरिन्छ। काठ, बेत र डोरीको प्रयोगबाट तयार गरिने यो रथ नेपाली मौलिक सीप र परम्परागत प्रविधिको उत्कृष्ट नमुना मानिन्छ।
सेतो मच्छिन्द्रनाथ को मूर्ति केलटोलस्थित मच्छिन्द्र बहालबाट इन्द्रचोक, बाङ्गेमुढा, असन, कमलाक्षी हुँदै तीनधारा ल्याइ रथमा विराजमान गराएपछि विधिवत रूपमा जात्रा सुरु गरिन्छ।
शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्था मात्र नभई सामुदायिक एकता, संस्कृति संरक्षण र परम्परागत कला–कौशलको प्रतीकका रूपमा पनि परिचित छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x