शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुन्धारा केन्द्रीय कारागारबाट भागेका सन्देश शर्मा पक्राउ

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

आइतबार १९ असोज २०८२

काठमाडौ / सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका अभियुक्त शन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । शर्मा पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका–६ स्थित हरिसिद्धिमा बस्दै आएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीधन्दा चलाउने गिरोहका मुख्य योजनाकार मध्येका शर्मालाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो ।

जेनजी प्रदर्शनको क्रममा उनी सुन्धाराबाट भागेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x