शुक्रबार, चैत्र २८, २०८१
Friday, April 11, 2025

वैदेशिक रोजगारीमा जाने नेपालीको ३ वर्षको अवधिमै झण्डै ४ हजारले गुमाए ज्यान

वैदेशिक रोजगारीमा जाने नेपालीको ३ वर्षको अवधिमै झण्डै ४ हजारले गुमाए ज्यान
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं / तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका तीन हजार ९९८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिनिधि सभामा आइतबार बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तीन वर्षको अवधिमा तीन हजार ९९८ जनाले ज्यान गुमाएको तथ्यांक पेश गरेका छन् ।

त्यस्तै सोही अवधिमा एक हजार २०७ जना अंगभंग भएको पनि मन्त्री अर्यालले जानकारी दिए ।

“वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८-०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये तीन हजार ९९८ को निधन तथा एक हजार २०७ जना अंगभंग भएका छन्,” उनले भने ।

मन्त्री अर्यालका अनुसार सरकारले मृतकका आफन्त र अंगभंग भएकाहरूका लागि दुई अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv