दुई कार्यकालमै सीमित हुने प्रधानमन्त्री र मुख्यमन्त्री ? कांग्रेसको नयाँ प्रतिबद्धता

बिहीबार ७ फागुन २०८२
काठमाडौं / आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको पद दुई कार्यकालसम्म मात्र सीमित गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्रतिज्ञापत्रमार्फत कार्यकारी पदमा दीर्घकालीन एकाधिकार रोक्ने लक्ष्यसहित यस्तो व्यवस्था अघि सारेको जनाएको छ।
काठमाडौंमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको भविष्य’ कार्यक्रममा पार्टीका सभापति गगन थापाले संघ र प्रदेश सरकारको संरचना पनि सानो र प्रभावकारी बनाइने बताए।
उनका अनुसार संघीय सरकारमा बढीमा १६ र प्रदेशमा ६ वटा मन्त्रालय मात्रै रहने व्यवस्था गरिनेछ। गठबन्धनको नाममा मन्त्रालय संख्या बढाउने अभ्यास अन्त्य गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।
कांग्रेसले यस प्रस्तावलाई राजनीतिक स्थायित्व, सुशासन र खर्च नियन्त्रणतर्फको सुधारात्मक कदमका रूपमा प्रस्तुत गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE