शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

शिक्षक महासंघ पुनःआजबाट सडक  आन्दोलनमा

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

sharethis sharing button

बुधबार २० चैत २०८१

काठमाडौं / नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औं अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दावी रहेको छ। हाल काठमाडौं रहेका र आजसम्ममा आउन लागेका  आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने चेतावनी पनि उनले दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x