बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

बैधनाथ आमा तथा बाल अस्पतालको अध्यक्षमा सुधीर प्रसाद सिंह नियुक्त

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

 

सोमबार १४ वैशाख २०८३

सर्लाही / सर्लाही जिल्लाको धन्कौल गाउँपालिका स्थित बैधनाथ आमा तथा बाल अस्पतालको अध्यक्ष पदमा लोकप्रिय समाजसेवी तथा सबैका प्रिय व्यक्तित्व सुधीर प्रसाद सिंहलाई मधेश प्रदेश सरकारले नियुक्त गरेको छ। मधेश प्रदेश अन्तर्गत पर्ने यो ५० शैयाको प्रादेशिक अस्पतालमा उहाँको नियुक्तिसँगै स्थानीय स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बन्ने अपेक्षा गरिएको छ।
विशेषगरी ग्रामीण भेगका आमा तथा बालबालिकालाई लक्षित गर्दै सेवा दिँदै आएको यस अस्पतालले नयाँ नेतृत्व पाएसँगै थप सुदृढ र व्यवस्थित बन्ने विश्वास गरिएको छ।
अध्यक्ष जस्तो जिम्मेवार तथा गरिमामय पदमा नियुक्त हुनु भएकोमा सिंहप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा स्थानीयवासीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उहाँको अनुभव, नेतृत्व क्षमता र समाजप्रतिको समर्पणले अस्पताल व्यवस्थापनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वसँगै सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा थप गति आउने विश्वास गरिएको छ। विशेषगरी आमा तथा बाल स्वास्थ्य सेवामा सुधार ल्याउँदै ग्रामीण नागरिकलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने दिशामा अस्पताल अघि बढ्ने अपेक्षा गरिएको छ।
यस सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले सिंहको नेतृत्वमा अस्पतालले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन तथा नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सिंहको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x