शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सप्तरी–४ मा अनीता चौधरीको १८ बुँदे प्रतिबद्धता सहित प्रचार प्रसारमा तिब्र

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

बिहीबार १४ फागुन २०८२
सप्तरी / आम जनता पार्टी तर्फबाट सप्तरी क्षेत्र नं. ४ की उम्मेदवार अनीता कुमारी चौधरीले १८ बुँदे विकास प्रतिबद्धता सार्वजनिक प्रचार प्रसारमा तिब्रता  गरेकी छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो योजना सार्वजनिक गरेकी हुन्।
चौधरीले शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने, सरकारी विद्यालयमा आवश्यक पूर्वाधार, शौचालय, खानेपानी तथा डिजिटल शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। यस्तै, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाइने उनले बताएकी छन्।
स्वास्थ्य क्षेत्रतर्फ प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार, औषधि तथा उपकरणको सुनिश्चितता र महिला तथा ज्येष्ठ नागरिक लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
कृषि तथा रोजगारीतर्फ सिँचाइ विस्तार, उन्नत बीउबिजन र मलको उपलब्धता, कृषकलाई सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गर्ने योजना अघि सारिएको छ। युवालाई लक्षित गरी सीपमूलक तालिम केन्द्र स्थापना र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, पुल निर्माण, सुरक्षित खानेपानी र विद्युत् सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ। साथै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
चौधरीले समावेशी विकास, महिला सशक्तीकरण तथा दलित र विपन्न समुदायको उत्थानलाई विशेष जोड दिँदै “जनताको मत विश्वासको आधार हो, विकासमार्फत त्यसको सम्मान गरिनेछ” भन्ने प्रतिबद्धता दोहोर्‍याएकी छन्।
उम्मेदवार चौधरीले आफ्नो चुनाव चिह्न ‘मोबाइल’मा मतदान गर्न मतदातासँग आग्रहसमेत गरेकी छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x