
शनिबार २६ बैशाख २०८३
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको बजेट तथा नीति–कार्यक्रमका लागि आमनागरिकबाट सुझाव संकलन गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह को सचिवालयका अनुसार सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रम तथा जेठ १५ गते प्रस्तुत हुने बजेटलाई थप सहभागितामूलक बनाउन डिजिटल प्लेटफर्म सुरु गरिएको हो।
पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषय विज्ञ र नीति–निर्माताले बजेट निर्माण, विकास प्राथमिकता तथा सरकारी योजनासम्बन्धी आफ्ना राय–सुझाव प्रत्यक्ष रूपमा पठाउन सक्नेछन्।
प्रधानमन्त्रीको सचिवालयले यो पहलले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासन र सहभागितामूलक शासन प्रणालीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पठाउन सक्ने जनाइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE