शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

“छोरी बुहारी” को ट्रेलर सार्वजनिक

  • 142
  •  
  •  
  •  
  •  
  •  
  •  
    142
    Shares
आइतबार ७ पुष २०८१
काठमाडौं / नेपाली समाजको यथार्थ चित्रण गर्ने सिरियल “छोरी बुहारी” को आधिकारिक ट्रेलर TLN Media युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। ट्रेलरले दर्शकहरूलाई सिरियलप्रति अझ बढी उत्साहित बनाएको छ। नेपाली समाजको सांस्कृतिक विविधता र वास्तविकतालाई चित्रण गर्ने नयाँ टेलिभिजन सिरियल “छोरी बुहारी” ले टेलिभिजन पर्दामा प्रवेश गर्दैछ। मनोरञ्जनका साथै समाजिक सन्देश दिन तयार गरिएको यो सिरियलले नेपाली दर्शकहरूको मन जित्ने अपेक्षा राखेको छ। “छोरी बुहारी” परम्परागत र आधुनिक सोचबीचको सन्तुलनलाई प्रस्तुत गर्दै पारिवारिक सम्बन्ध, माया, र संघर्षलाई केन्द्रमा राखेको छ। सिरियलका कथाहरूमा विशेष गरी महिलाको भूमिकाछोरी र बुहारीको योगदान, चुनौती, र यात्रालाई उजागर गरिएको छ। महिला सशक्तीकरण, लैङ्गिक समानता, घरेलु हिंसाविरुद्धको जागरण, र समुदायका समस्याहरूलाई सिरियलले प्रभावकारी ढंगले उजागर गरिएको छ।
“छोरी बुहारी” को लेखक शर्मा जी प्यूठान हुन् र यो सिरियललाई निर्देशक सविना अधिकारीरीले निर्देशन गरेका छन् भने निर्माता सुजन शर्मा हुन्। प्रमुख कलाकारहरूमा दमन रुपाखेती, रश्मी भट्ट, देवेन्द्र राज पाण्डे, दिया जि सि, बिनम कँडेल, केशव सापकोटा , प्रताप महर्जन बस्नेत, र रोशन दाहाल समावेश छन्।
सिरियल थग लाइफ नेपाल मिडिया प्रा.लि. (TLN Media) द्वारा निर्माण गरिएको हो। TLN Media ले सिरियललाई उच्च गुणस्तरमा प्रस्तुत गर्न अनुकरणीय प्रविधिको प्रयोग गरिरहेको छ। सिरियललाई डिजिटल प्लेटफर्महरू (यूट्युब च्यानल: TLN Media, फेसबुक पेज: Thug Life Nepal / Geet Nepal) र टेलिभिजन च्यानलमार्फत प्रसारण गरिनेछ।
पूर्ण एपिसोड भने ११ पुष २०८१, बिहिवार दिन Thug Life Nepali च्यानलमार्फत रिलिज गरिनेछ। सिरियलले मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत दिने लक्ष्य राखेको छ। दर्शकहरूले ट्रेलर हेरेर सिरियलप्रति आफ्नो प्रतिक्रिया दिन सक्नेछन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
https://youtu.be/_Tl9VWa6MvQ?si=l5Bf4WlNA5-ML8e0

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x